मन्त्रिपरिषद् बैठक बस्दै, शिक्षक आन्दोलनलाई सम्बोधन गर्ने गरि निर्णय गर्ने तयारी

1.4k
Shares

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार (आज) साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

अन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको स्रोतको भनाइ छ ।

शिक्षक आन्दोलनको समाधानका लागि नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले केही दिनदेखि नेपाल शिक्षक महासंघसँग वार्ता गर्दै आएका छन् । मंगलबार राति बसेको बैठकमा सरकारले निर्णय कतिपय विषयबारे सहमति भएको र मन्त्रिपरिषद्ले ति विषयको सम्बोधन गर्ने बताइएको थियो ।

नेपाल शिक्षक महासंघका अनुसार उनीहरूले राखेका केही मागहरू मन्त्रिपरिषद्बाटै समाधान हुनुपर्ने प्रकृतिका छन् भने केही माग संसदबाट टुंग्याउनुपर्ने खालका छन्। महासंघले मन्त्रिपरिषद्बाट टुंगो लाग्नुपर्ने विषयहरू समाधान भएमा परीक्षा सञ्चालन लगायतका अन्य विषयमा सकारात्मक सहकार्य गर्न सकिने बताएको छ ।