रास्वपा महाधिवेशन स्थलमा डीडीसीका उत्पादनहरुको बिक्री कक्ष


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादनहरू बिक्रीका लागि राखिएको छ ।

आइतबारबाट चितवनमा सुरु हुन लागेको महाधिवेशन स्थलमा डीडीसीका उत्पादनहरु राखिएका हुन् ।

जहाँ डीडीसीका करिब दुई दर्जन हाराहारी दुग्धजन्य उत्पादनहरु रहेको र तिनमा ५ देखि १० प्रतिशतसम्म छुट व्यवस्था गरिएको पनि बताइएको छ ।

यसअघि रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले डीडीसीबाट उत्पादन, चिजसहितको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दा भाइरल भएको थियो ।

त्यसको केही दिनमै मन्त्रिपरिषद् बैठकमा सहभागी सदस्यहरूको अगाडि डीडीसीका उत्पादनका प्याकेट सहितको तस्बिर सार्वजनिक भएको थियो ।