
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणसभा रोकिएको छ ।
बुधबार पार्टी एकता घोषणा सभा आयोजना गरिएको प्रज्ञाप्रतिष्ठानबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि कार्यक्रम स्थगित भएको हो ।
‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राऊ गरेर पुरानो फैसला कार्यान्वय गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ,’जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले भनेकाो छ, ‘ यसको हामी घोर भर्त्सना गर्दछौं । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ-आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौं ।’








प्रतिक्रिया