नेप्सेमा ५ अंकको गिरावट, ५ अर्ब ६३ करोडको कारोबार

0
Shares

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ९.६६ अंकले उकालो लागेर २६७६.२८ विन्दुमा रोकिएको थियो ।

बिहीबार सूचक घटे पनि कारोबार भने बढेको छ । आज नेप्सेमा कुल ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएका छ । बुधबार भने कुल ४ अर्ब ४० करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

बिहीबार कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रालाइफ इन्स्योरेन्सको सेयर मूल्य समान ९.९८ प्रतिशतले बढ्दा सिन्धु विकास बैंकको सेयर मूल्य ७.९८ प्रतिशतले बढेको छ । आज बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सर्वाधिक अर्थात् ४.३७ प्रतिशतले घटेको छ ।

Skip This