काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २०औं बार्षिक साधारण सभाबाट परित भएको १०ः८ अनुपात (१० शेयर बराबर ८) सेयरका दरले हकप्रद शेयर जारी गर्नको लागि ग्लोवल आइएमई क्यापिटल लिमिटेडसंग सम्झौंता गरेको छ ।
उक्त संझौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।
हकप्रद सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख पुग्नेछ । हकप्रद सेयर वितरणपछि बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख पु¥याउने श्रेष्ठले जानकारी दिए ।
कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानबाट सेवा प्रदान गर्दै आएकोमा निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु खोलेर आफ्नो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।





प्रतिक्रिया