बिमा क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक ईन्टरभेन्सन गरेर अघि बढिन्छः अध्यक्ष ओझा

77
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले कार्यक्रममा उनले बिमा क्षेत्रलाई व्यवस्थित बनाउनका लागि आवश्यक ईन्टरभेन्सन गरेर अघि बढ्ने बताएका छन् । नेपाल बिमा प्राधिकरण कर्मचारी यूनियनले आयोजना गरेको विशेष अधिवेशनमा उनले यस्तो बताएका हुन् ।

कर्मचारीका लागि आवश्यक विनियमावली बनाउने बिषयमा काम भइसकेको बताए । उनले बिमा क्षेत्रमा भएका समस्या समाधान गरेर जाने प्रतिबद्धता जनाए । अध्यक्ष ओझाले आफुलाई प्रधानमन्त्री र मन्त्रीले दिएको जिम्मेवारी पुरा गरेर जाने बताए ।

ओझाले बीमा क्षेत्रलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउनु मुख्य प्राथमिकता भएको बताए । उनले सरकारले दिएको जिम्मेवारी कामबाट नै पूरा गर्न र बीमा क्षेत्रमा असल अभ्यास प्रवद्र्धन गर्न सम्वद्ध सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले युनियनलाई हाम्रो, राम्रो युनियन बनाउन सुझाव दिए । उनले युनियन गठनको बेला युनियनको लोगो समेत आफुले बनाएको स्मरण गर्दै युनियन र व्यवस्थापनले समन्वय गरेर अघि बढ्ने जानकारी गराए । उनले कर्मचारीमा देखिएका समस्या सहमतिमा समाधान गर्दै जाने बताए ।

यूनियनका संस्थापक अध्यक्ष पुर्ण बहादुर थापाले अहिले प्राधिकरणका कर्मचारीले खाइपाइ आएको सेवा सुविधा पनि युनियनकै कारण भएको बताए । उनले आगामी दिनमा यूनियनले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा थापाले प्राधिकरणले नियामक मात्रै नभएर सरोकारवाला पक्षलाई सँगै लिएर जानुपर्ने बताए । उनले प्राधिकरणका अध्यक्षले गरेको राम्रो कामलाई सहयोग गर्न तयार छ, नराम्रो काम गरे सहयोग गर्न नसकिने समेत बताए ।

कार्यक्रममा वक्ताहरुले बिमा कम्पनीले नाफाको २ प्रतिशत रकम कर्मचारीको क्षमता बृद्धिमा खर्च गर्नु पर्नेमा त्यस्तो कुनै कम्पनीले पनि नगरेको भन्दै यसमा ध्यान दिन सुझाव दिए ।

कर्मचारीका लागि बिमा कम्पनीले गर्नुपर्ने खर्च अन्यत्र भएको भन्दै प्राधिकरणले यसमा ध्यान दिनुपर्ने वक्ताहरुको सुझाव छ ।
यस्तै प्राधिकरणले गर्दै आएको अनुगमन फितलो भएको भन्दै यसलाई प्रभावकारी बनाउन सुझाव दिए ।

कम्पनी मर्ज हुुँदा सीईओले आफ्ना कर्मचारीलाई बोक्ने र अरुलाई पेल्ने गरेका दुखेसो वक्ताहरुको थियो । यो समस्या समाधान गर्न मर्ज कुनै कम्पनीमा सीईओ बाहिरबाट ल्याउनु पर्ने माग समेत गरेका छन् ।