किन गोरखा जाँदै छन् पूर्वराजा ?

1.1k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् ।

पूर्वराजाका संवाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजाअर्चना गर्न जाने कार्यक्रम तय भएको जानकारी दिएका हुन् ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहको अभिव्यक्ति सार्वजनिक भएसँगै पछिल्लो केही साता यता राजावादी सक्रिय भएका छन् । केही दिनअघि पोखराबाट फर्किएका शाहलाई काठमाडौंमा भव्य स्वागतसमेत गरिएको थियो । पूर्वराजाको गतिविधिले राजनीति तरङ्गित भइरहेका बेला शाह पुन गोरखा जान लागेका हुन् ।

Skip This