टाटाको गाडीहरु किन्ने ‘बेस्ट टाइम’: कलरफुल एक्सचेन्ज  सुरु


काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज आयोजना गरिरहेको छ ।

यहि बुधबार सम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरु नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त  ईभी गाडीहरुसंग गाडीहरु साट्न सकिने छ । यो एक्सचेन्ज क्याम्प मार्च १९ तारिख सम्म टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना भइरहेको छ । यस एक्सचेन्जमा सहभागी भएर ग्राहकहरुले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो ईभी, कम बजेटमा एसयुभीको आनन्द दिने पन्च ईभी, अझै धेरै यात्रा गर्नेहरुको लागि नेक्सन के३ ईभी र प्रिमियम एसयुभी कुपे कर्भ ईभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।   

यस कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक गिफ्ट प्राप्त गर्नेछन् ।

यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

Skip This