
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस ईभीको १०० युनिट बिक्री गरेको छ ।
१० लाख किलोमिटरको निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्वपूर्ण उपलब्धि मनाएको छ । यो विशेष समारोह सिप्रदी ट्रेडिङको गैह्रीधारा स्थित शोरुममा सम्पन्न भएको छ । जसमा केही विशिष्ट ग्राहकहरूको समेत उपस्थिति थियो ।
नेपालका साना तथा मध्यम उद्यम र कर्पोरेट व्यवसायहरूका लागि नयाँ सम्भावनाहरू प्रस्तुत गरेको कम्पनीको दाबी छ । हालसम्म १०० प्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम र दोहोरिएर गाडी खरिद गर्ने ग्राहकहरूको वृद्धिले टाटा एस ईभीलाई काठमाडौं, पोखरा, बुटवल, चितवन र ईटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनेको छ । टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङ र सिप्रदी ट्रेडिङको सेवा प्रणालीले नेपालमा विद्युतीय यातायात क्रान्ति ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ ।
कार्यक्रममा टाटा मोटर्सका सिभिआईभी हेड असिफ शमीम तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनीहरूले टाटा एस इभीको सफलतासँगै विद्युतीय व्यावसायिक सवारी साधनहरूप्रतिको विश्वासबारे आफ्ना विचार व्यक्त गरे ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै टाटा मोटर्सका असिफ शमीमले टाटा एस ईभीप्रति ग्राहकहरूले देखाएको विश्वास हाम्रो दीगो तथा भरपर्दो यातायात समाधानप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए । त्यसैगरी, सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठले सिप्रदी ट्रेडिङ सधैं नवीनता र दिगोपनको प्रवर्द्धनमा अगाडि रहेको बताए । ‘टाटा एस ईभीको सफलताले नेपालमा हरित यातायातप्रति बढ्दो रुचि देखाएको छ । हामी यस यात्रामा गर्वका साथ सहभागी छौं,’ उनले भने ।
शून्य उत्सर्जन प्रविधि, कम सञ्चालन खर्च र भरपर्दो बिक्रीपछिको सेवाका कारण टाटा एस ईभी व्यावसायिक सवारी साधनको क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दैछ । सिप्रदी ट्रेडिङले यस उपलब्धिका साथ भविष्यका लागि दिगो, कुशल, र उन्नत यातायात समाधानहरू उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ ।
प्रतिक्रिया