साझाका ३१ मध्ये १२ वटा गाडी प्रदुषण जाँचमा फेल

126
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातका ३१ वटा गाडीको प्रदुषण जाँच गरेको छ । आइतबार गरेको जाँचमा साझा यातायातका ३१ मध्ये १२ वटा साधन प्रदुषणमा फेल भएका हुन् ।

महानगरले पछिल्लो समयमा राजधानीमा सञ्चालनमा आएका सवारी साधनको प्रदुषण चेक जाँच गर्दै आएको छ । सोही क्रममा महानगरले साझाको मुख्यालयमा नै गएर ३१ सवारी साधनको चेकजाँच गरेको हो ।

१२ वटा सवारी साधनमा प्रदुषण भेटिएको विषयमा साझा यातायातका सञ्चालक भुषण तुलाधरले आफूलाई जानकारी नभएको बताए ।

ट्राफिक प्रहरीको सहकार्यमा सवारी साधहरुको चेकजाँज गर्दै आएको छ । महानगरले यसअघि गरेको सर्वाधिक ५९९ सवारी साधन चेकजाँचमा ५८ प्रतिशतमा प्रदुषण फेल भएको पाइएको थियो ।