एनएसएलको मुख्य प्रायोजक बन्यो एनसेल

161
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को मुख्य प्रायोजक एनसेल बनेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो सिजनको प्रतियोगिताका लागि एनएसएल र एनसेलले सम्झौता गरेका हुन् ।

एनएसएलका अध्यक्ष आश्रेता चौधरी र एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

एनएसएल आउँदो चैत २९ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । यो सिजनको प्रतियोगितामा ७ टोलीले सहभागिता जनाउँदै छन् ।