गायिका अस्मिता अधिकारीले गरिन् बिबाह

602
Shares

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा गाँसिएका छन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू आज बुधबार विवाह बन्धनमा बाँधिएका हुन् ।

अस्मिता र महेशले गत असारमा कन्सर्टका लागि युएईको दुबई पुगेका बेला त्यहीँ इन्गेजमेन्ट गरेका थिए ।

संसारकै अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेको तस्बिर उनीहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए ।

अस्मिता र महेशले फेरियो घर थर मेरो लगायतका गीतमा सहकार्य समेत गरेका छन् । महेशका नाच फिरिरी, माया बिरानी, लज्जावती झार लगायतका चर्चित गीतका गायक हुन् ।