
काठमाडौं । वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण गर्ने उद्देश्यले महालक्ष्मी विकास बैंकले वाकाथन गरेको छ । फागुन १५ र १६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बुढानिलकण्ठ मन्दिर क्षेत्रमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकका उच्च अधिकारी, कर्मचारी र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेर्ष यालीको आयोजना गरिएको हो ।
बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढे। यस अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीति को आवश्यकतामाथि विशेष जोड दिइयो।
महालक्ष्मी विकास बैंकले १०३ शाखाहरू संचालन गर्दै, ८ लाख ग्राहकहरूमा विश्वसनीय सेवा पुर्याइरहेको छ।
प्रतिक्रिया