युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पे बाट लिँदा बोनस पाइने

0
Shares

काठमाडौं । युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस पाउन सकिने भएको छ ।

बोटिम एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने व्यवस्था गरेको छ ।

जस अन्तर्गत यो अफरले युएईमा रहेका नेपालीहरुलाई थप उत्साह थप्न मद्त गर्ने कम्पनीले जनाएको छ ।

फागुन १५ देखि चैत्र १५ गतेसम्म लागु हुने अफर अन्तर्गत नेपाली १० हजार वा त्यो भन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ ।