दर्शन गर्न पाशुपत क्षेत्र जाँदा सवारी साधन कहाँ राख्ने ? यस्तो छ व्यवस्था

42
Shares

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको दर्शन गर्न पाशुपत क्षेत्र जाने श्रद्धालुका लागि सवारी साधन पार्किङ गर्ने विशेष क्षेत्र तोकिएको छ ।

तोकिएको यहि विशेष क्षेत्रमा मात्रै सवारी साधन पार्किङ गर्न पाइने व्यवस्था गरिएको छ ।

सरकारले तोकेको क्षेत्रअनुसार गौरिघाट, तिलगंगा, गौशालाको बनकाली, गौशाला र सिफल चौरमा मात्रै सवारी साधन पार्किङ गर्न पाइनेछ ।

यस्तै भिमसेन गोला, सिनामंगलबाट तिलगंगा जाने बाटो, काभ्रेडेरी सडक खण्ड, पुरानो वानेश्वर सडक खण्ड, गोल्डेन गेट कलेज सडक खण्ड, रातो पुल सडक खण्ड, कालोपुल सडक खण्ड जयवागेश्वरी सडक खण्ड, मित्रपार्क सडक र चावहिल सडक खण्डलाई सवारी साधन निषेधित क्षेत्र तोकिएको छ ।

यसैगरी गौरीघाट सडक र तिलगंला सडक खण्ड पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

Skip This