
काठमाडौं । अग्नि मोटो इंकले १२५ वर्षभन्दा बढीको इतिहास भएको विश्व प्रसिद्ध फ्रेन्च स्कुटर प्यूजो नेपालमा ल्याएको छ । यो स्कुटर स्थानीय नयाँ युगको सुरुवात गर्दै नेपाली ग्राहकहरुलाई फ्रेन्च आकर्षण, अत्याधुनिक प्रविधि र असाधारण क्षमताको मिश्रण प्रदान गर्ने कम्पनीको दाबी छ ।
एक विशेष कार्यक्रममा मिडिया प्रतिनिधिहरूलाई प्युजोको जङ्गो (Django) र स्पीडफाइट ४ (Speed fight 4)मा समेटिएको टाइमलेस डिजाइन र आधुनिक प्रविधिको परिष्कृत फ्युजनको अनुभव लिन आमन्त्रित गरिएको थियो । उक्त कार्यक्रममा संचारकर्मीलाई यी प्रतिष्ठित फ्रेन्च ब्रान्डको अल्ट्रा प्रिमियम मोटोसाइकललाई अवलोकन र अनुभव गर्ने अवसर प्रदान गरिएको थियो ।
प्युजोको जङ्गो १२५ सीसी स्कुटरले रेट्रो फ्रेन्च डिजाइन र आधुनिक इन्जिनियरिङलाई समावेश गरेको छ । उत्कृष्ट शैली र परिष्कृतताले भरिपूर्ण यो स्कुटरको नेपाली बजारमा ५ लाख ७१ हजार रुपैयाँमा उपलब्ध छ । Django नीलो/सेतो, फ्लेमिङ्गो रातो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरी चार रङहरूमा उपलब्ध छ ।
स्पीड फाइट ५, १५० सीसी इन्जिन सहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिको साथ सटीक ह्यान्डलिङ भएको यो स्कुटरको मूल्य नेपाली बजारमा ६ लाख ३२ हजार रुपैयाँमा उपलब्ध हुनेछ । स्पीड फाइट फोर खैरोर/कालो र नीलो/पहेंलो गरी दुई रङहरूमा उपलब्ध छ।

‘प्यूजो मोटोसाइकल्स भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतिक हो । यी स्कूटर केवल साधन मात्र नभई एक जीवनशैली हुन हामी नेपालमा यस्तो फ्रेन्च अत्याधुनिक प्रविधि र असाधारण प्रदर्शनको स्कूटर ल्याउन पाउँदा खुसी छौं,’ अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले भने, ‘ प्यूजो मोटोसाइकल्सको नेपालमा प्रवेशले दुई पाङग्रे सवारी साधनको मोबिलिटीमा नयाँ अध्यायको सुरुवात भएको संकेत गर्दछ । सुरुमा, काठमाडौं उपत्यकाका बासिन्दाहरूले यी असाधारण अल्ट्रा-प्रिमियम स्कुटरहरूको स्वामित्व र मजा लिन पाउनेछन् । यद्यपि, आगामी दिनहरूमा प्युजो मोटरसाइकल अन्य मोडलहरुमा ल्याउने समेत योजनामा छौं ।’
जङ्गो आकर्षक फ्रेन्च डिजाइन, पावर र भव्यताको साथ रेट्रो प्रेरित आर्कषक डिजाइनमा उपलब्ध छ । फराकिलो बनावट, ठूला पाङ्ग्रा र युरो भी मापदण्डहरू पूरा गर्ने १०.६ एचपी इन्जिनले आरामदायी र शक्तिशाली यात्रा प्रदान गर्दछ । इजी मोसन, एयर कुल्ड इएफआई इन्जिन, एबीएस ब्रेकिङ प्रणाली, एलसीडी ड्यासबोर्ड, र १२ भोल्टको चार्जिङ पोर्ट छ ।
साइड स्ट्यान्ड इन्जिन सुरक्षा र क्रोम प्लेटेड एक्सेन्ट्सहरूले सुरक्षालाई टाइमलेस डिजाइनसँग जोड्दछ ।
स्पीडफाइट ४ शक्तिशाली इन्जिन उपलब्ध छ । परिष्कृत टर्क र सहज प्रवेगका लागि ९.३ किलोवाट भएको स्मार्ट मोसन, लिक्विड कुल्ड इन्जिन छ । डुयल च्यानल एबीएस, वाभी ब्रेक डिक्सले विश्वस्त र सुरक्षित ह्यान्डलिङ प्रदान गर्ने कम्पनीको दाबी छ ।
एलईडी लायन हेडलाइट्स, लायन क्लाउ टेललाइट्स र पूर्ण रूपमा डिजिटल ड्यासबोर्डले यसको अत्याधुनिक शैलीलाई परिभाषित गर्ने कम्पनीको दाबी छ ।
अग्नि मोटो इंक अग्नी ग्रुपको सहायक कम्पनी हो ।
प्रतिक्रिया