
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार वृद्धि भइरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि, गत कात्तिक १५ र फागुन ८ गते सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो । ती दिन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो। तर, आज उक्त मूल्यलाई पार गर्दै सुन प्रतितोला एक लाख ७१ हजार ३ सय रूपैयाँ पुगेको छ, जुन अघिल्लो रेकर्डभन्दा तीन सय रूपैयाँ बढी हो ।
सोमबार सुन प्रतितोला एक लाख ७० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले वृद्धि भएको छ।
यसैबीच, चाँदीको मूल्य भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार चाँदीको कारोबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा भइरहेको छ । सोमबार चाँदीको मूल्य एक हजार नौ सय ८५ रूपैयाँ रहेको थियो, जुन अघिल्लो दिनको तुलनामा १५ रूपैयाँ कम हो ।
प्रतिक्रिया