
काठमाडौं । विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौँको ऐतिहासिक ठाउँ वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालिद्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो । यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुशी बाँड्ने यात्रामा अर्को कदम चालेको छ।
सहरको मुटुमा रहेको वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू नेपालकै ऐतिहासिक र जीवन्त स्थानहरु मध्ये एकमा ल्याएको छ । उद्घघाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडि परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरियो ।
उक्त उद्घाटन कार्यक्रममा प्रख्यात नेपाली इनफ्लुएन्सरहरू र प्रमुख अतिथिमा नेपालको लागि अमेरिकी राजदूत डीन आर. थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
बास्किन रोबिन्स आफ्नो ग्राहकहरूलाई उच्च गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न फ्लेबरहरुको साथ खुशी दिन समर्पित छ । यस ब्राण्ड नेपालमा विस्तार हुँदै गर्दा, आइसक्रिम प्रेमीहरूलाई विश्वभर मन पराईएका फ्लेबरहरु र गुणस्तरीय आइसक्रिमहरुको स्वाद दिँदै अघि बढिरहेको छ ।
ग्राहकहरूलाई उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्न वसन्तपुरको नयाँ शाखा अब खुलिसकेको छ । चाहे त्यो मनपर्ने प्रचलित फ्लेबर होस् वा नयाँ फ्लेबर, बास्किन रोबिन्स नेपालका आइसक्रिम प्रेमीहरूको पहिलो रोजाइ बनेको छ ।
प्रतिक्रिया