
ज्योतिष केवल भविष्य बताउने माध्यम मात्र होइन, यो आत्मचिन्तन र समाधानको उपाय पनि हो । ग्रहहरूको चाल हाम्रा कर्मसँग जोडिएको हुन्छ, र त्यसैले राशिफल केवल अनुमान नभई, हाम्रो वर्तमान कर्मको प्रतिफल हो। हरेक दिन ग्रहहरूको गति बदलिन्छ, जसले हाम्रो जीवनमा विभिन्न प्रभाव पार्छ।
यस्तो छ आजको पञ्चाङ्ग
आज २०८१ साल फागुन १० गते शनिबार । इस्वी संवत २०२५ फेब्रुअरी २२ तारिख । शक संवत् १९४६ । नेपाल संवत् ११४५ सिल्लागा । कालयुक्त संवत्सर । सूर्य उत्तरायण, शिशिर ऋतु । आज फाल्गुण कृष्णपक्ष नवमी तिथि ०९:४८ बजेसम्म, त्यसपछी दशमी ।
दिउँसो २ बजेर ४१ मिनेटसम्म ज्येष्ठा नक्षत्र , त्यसपछी मूल । योग हर्षण ०९:२४ बजेसम्म, त्यसपछी वज्र । चन्द्रराशि वृश्चिक । आनन्दादी योग मुसल । सूर्योदय बिहान ६ बजेर ३७ मिनेटमा हुने छ भने सूर्यास्त ५ बजेर ५९ मिनेटमा हुने छ ।
सुरू गरौं, आजको राशिफलः
मेष
आज तपाईंको मन गम्भीर चिन्तनतर्फ मोडिन सक्छ। केही पुराना कुराहरू मनभरि खेलिरहन्छन्, केतु ग्रह को प्रभाव ले सानो सानो कुरामा पनि डर लाग्न सक्छ। परिवारसँग समय बिताउनु लाभदायक हुनेछ। कुनै ऐतिहासिक वा धार्मिक स्थलको भ्रमण गरेमा मन हलुका हुने मात्र होइन, पारिवारिक सम्बन्ध पनि मजबुत बन्नेयोग छ। जीवनसाथीको स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोस्। आज दाँत दुख्ने वा मुखसम्बन्धी समस्याले केही असजिलो पार्न सक्छ। समाधानका लागि— भगवान नरसिंहको आराधना गर्नुहोस् ।
“ॐ क्रां क्रीं क्रौं स: भौमाय नम:” मन्त्र १०८ पटक जप गर्नुहोस्, आत्मबल वृद्धि हुनेछ।
घरका लागि: कालो तील, तामाको भाडा वा खाद्य सामग्री किन्नु शुभ रहने छ।
तपाइहरुको लागि कलेजी रंङ शुभ हो भने आज उतरपूर्बी दिशा शुभ मानिन्छ
पश्चिम दिशा र निलो रंङ बाट टाढा रहनु नै फाइदा हुनेछ।
अंक ज्योतिष को आधारमा : १ अंक शक्ति वृद्धिका लागि हो भने अर्थिक कारोबारको लागि शुभअंक: ५ हो
अशुभअंकभने ६ र २ हुन् ।
वृष
आजको दिन रमाइलो र आनन्दमय हुनेछ। भुलिसकेको पुराना साथी सगको भेट्ले मन प्रफुल्लित हुने छ। मन्दिर अथवा तिर्थयात्रा को योग रहेको छ । यात्रा गर्दा भने विशेष सावधानी अपनाउनुहोस् । पारिवारिक जीवनमा शान्ति हुनेछ। जीवनसाथीको साथमा समय बिताउनु लाभकारी हुनेछ। स्वास्थ्यको दृष्टिकोणबाट, खानपिन मा ध्यान दिनु आवश्यक छ। अचानक रुघा खोकिले सताउने छ। समाधानका लागि—
भगवान गणेशको आराधना गर्नुहोस्।
“ॐ गं गणपतये नम:” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: बेसार , मसलाजन्य पदार्थ र दुधबाट बनेका सामाग्री किन्नु शुभ हुनेछ।
हरियो रंङ र उत्तर दिशा शुभहुन भने दक्षिण दिशा र सेतो रंङले तपाईं लाई राम्रो गर्ने छैन ।
अंक ज्योतिष को आधार मा ४ अंक ले तपाइको आत्माबिस्वास बडाउछ् भने आर्थिक कारोवारोबार मा ७ अंक प्रयोग गर्नु शुभ मानिन्छ।
भुलेर पनि ३ र ८ अंक प्रयोग नगर्नुस् ।
मिथुन
आजको दिन तपाईंको प्रयास र कार्यले राम्रो परिणाम दिन सक्छ। आफ्नो कार्य र बोलेको बचनमा अडिग रहनुहोस् । आत्मविश्वासका साथ अघि बढ्नुहोस्। परिवारसँग समय बिताउनु रमाइलो हुनेछ। शुक्र ग्रह को प्रभाव ले रमाइलो कायर्क्रम( चलचित्र हेर्न वा कुनै सास्कृतिक कार्यक्रममा) सहभागिता जनाउने योग छ। जीवनसाथीको स्वास्थ्यप्रति ध्यान दिनुहोस्, पिसाव संवन्धि समस्या ले सताउने छ। समाधानका लागि-
भगवान शिवको आराधना गर्नुहोस्।
“ॐ नमः शिवाय” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: फलफूल र कागती को बिरुवा किन्नु शुभ हुनेछ।
हल्का सेतो रंङ ले तपाइलाइ फाइदा गर्छ भने शुभदिशा: उत्तरपश्चिम हो ।
दक्षिणपश्चिम दिशा र रातो रंङ तपाइहरुको लागि शुभछैन
अंकज्योतिष को आधार मा ५ अंक ले तपाईंहरु आत्माबिस्वास बडाउछ भने अर्थिक कारोबारको लागि शुभअंक: २ हो ६, र ९ को अंक ले तपाईं लाई धेरै घाटा लाउन सक्छ।
कर्कट
आज तपाईंको मानसिक स्थिति मजबूत हुनेछ। काममा मनोबल उच्च रहनेछ, तर परिवारका सदस्यसँगको सम्बन्धमा सानो मतभिन्नता हुने छ। समयको सदुपयोग गर्नुहोस् र सन्तुलन बनाएर राख्नुहोस्। आमा बुबा को स्वास्थमा विशेष धयान दिनुहोस आँखा मा गम्भीर समस्या आउन सक्ने योग छ। समाधानका लागि-
भगवान विष्णुको आराधना गर्नुहोस्।
“ॐ नमो भगवते वासुदेवाय” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: तिल र मह र मोति किन्नु शुभ रहने छ।
शुभरंङ: सेतो हो भने अशुभ रंङ कालो हो
शुभदिशा: पश्चिम रहदा पुर्व दिशा अशुभदिशा हो
शुभअंक: ३ हो भने अर्थिक कारोबारको लागि शुभअंक: ६ रहेको छ । अशुभ अंक: ७ र, ८ हुन्
सिंह
आज तपाईंको दिन बलियो र आत्मविश्वासपूर्ण हुनेछ। कार्यहरूमा नयाँ अवसर र प्रगति देखिनेछ। परिवारसँग सम्बन्धमा सुमधुर रहनेछ, तर सन्तानको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। चोटपटकको संभावना देखिन्छ समाधानका लागि-
भगवान सूर्यको आराधना गर्नुहोस्।
“ॐ सूर्याय नम:” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: पित्तल को भाडा बर्तन र केरा किन्नु शुभ हुनेछ।
सुन्तला रंङ र दक्षीण दिशा शुभ हुन भने हरियो रंङ र उतर दिशा अशुभ हुन्
शुभदिशा: दक्षिण
अंक ज्योतिष को आधारमा शुभअंक: २
अर्थिक कारोबारको लागि शुभअंक: १
अशुभअंक: ५, ३ रहेका छ्न्
कन्या
आजको दिनले तपाईंको धैर्य र प्रयत्नको परिणाम दिनेछ। कार्यमा ध्यान केन्द्रित गर्नुहोस् । परिवारसँग समय बिताएमा आर्थिक फाइदा हुनेछ ।जीवन साथिको कुरा नसुन्नाले झगडाको प्रबल संभावना छ । अलिक धैर्य राख्नुस खुट्टामा चोटपटक लाग्न सक्छ । समाधानका लागि-
भगवान हनुमानको आराधना गर्नुहोस्।
“ॐ हं हनुमते नम:” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: इलोक्ट्रोनिक्स सामान र फलफुल किन्नु शुभ रहने छ।
शुभरंङ: नीलो
शुभदिशा: उत्तर
अशुभदिशा: दक्षिण
अशुभरंङ:सेतो
अंक ज्योतिष को आधारमा शुभ अंक ४ हो भने अर्थिक कारोबारको लागि ७ अंक शुभ छ
: ३, ९ को अङ्ले भने तपाईंलाइ मानसिक तनाव दिनेछ।
तुला
आजको दिन तपाईंको मानसिक शक्ति र समर्पणका साथ अघि बढ्नुहोस्। परिवारमा केही खटपट हुन सक्छ। महत्वोपुर्ण सामान टुट्फुट हुन सक्छ्न। गुप्त रोग ले धेरै पिरोल्छ। समाधानका लागि—
भगवान दुर्गाको आराधना गर्नुहोस्।
“ॐ दुं दुर्गायै नम:” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: मूली र मिठा पदार्थ किन्नु शुभ रहने छ।
शुभरंङ: हरियो हो भने
शुभदिशा: उत्तर
अशुभदिशा: पश्चिम
अशुभरंङ: गुलावी
शुभअंक: ९
अर्थिक कारोबारको लागि शुभअंक: ३ रहेको छ भने
अशुभअंक: २ र ६ हुन
वृश्चिक
आजको दिन आत्मविश्वास र सोचाइको स्पष्टतामा वृद्धि हुनेछ। पारिवारिक जीवनमा शान्ति र सद्भाव कायम रहनेछ। तपाईंको व्यावसायिक प्रयासहरू आज राम्रो परिणाम दिनेछन्। जीवनसाथीको स्वास्थ्यप्रति ध्यान दिनुहोस्, विशेषगरी पाचनतन्त्रको ध्यान राख्नुहोस्। समाधानका लागि—
भगवान शिवको आराधना गर्नुहोस्।
“ॐ नमः शिवाय” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: स साना फूल र पूजा को सामाग्री किन्नु शुभ छ ।
पहेलो रंङ र दक्षिण दिशा शुभ हुन भने
अशुभदिशा: पश्चिम दिशा र सेतो रंङ्ले जिवनसाथी
शुभअंक: ८
अर्थिक कारोबारको लागि शुभअंक: ४
अशुभअंक: ३, ५
धनु
आज तपाईंको विचारमा स्पष्टता आउनेछ। आफूले गर्न चाहेको कार्यमा सफलता पाइनेछ। परिवारसँग राम्रो समय बिताउनुहोस्, र जीवनसाथीसँगको सम्बन्धमा सान्त्वनाका क्षण बिताउनुहोस्। स्वास्थ्यका मामिलामा ध्यान दिनुहोस्, विशेषगरी जोड़ोंको दुखाइ। समाधानका लागि-
भगवान विष्णुको आराधना गर्नुहोस्।
“ॐ नमो भगवते वासुदेवाय” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: चना र गुड़ किन्नु शुभ हुनेछ।
शुभरंङ: सुन्तला
शुभदिशा: पश्चिम
अशुभदिशा: उत्तर
अशुभरंङ: काला
शुभअंक: ६
अर्थिक कारोबारको लागि शुभअंक: १
अशुभअंक: २, ७
मकर
आज तपाईंको मनमा केही विचलन वा चिन्ता उत्पन्न हुनसक्छ। यदि राजनिती वा सामाजिक कार्यमा हुनुन्छ भने सचेत रहनुस । तपाईं को राशी स्वामी तपाईं सग प्रशन्न छैन्न तपाईंले सामाजिक रुपमपा बध्नाम खेप्नु पर्ने हुन्छ। पारिवारिक साथ सहयोग गुमाउनु हुनेछ । स्वास्थ्यका दृष्टिकोणबाट, दाइना हातमा समस्या आउने छ। जीवनसाथीको स्वास्थ्यप्रति ध्यान दिनुहोस्। समाधानका लागि-
भगवान गणेशको आराधना गर्नुहोस्।
“ॐ गं गणपतये नम:” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: तिल कालो भाडा र ठेकी किन्नु शुभ रहने छ।
तपाइको लागि गुलाबी रंङले नया उर्जा थप्ने छ उत्तर दिशाले विजय सुनिश्चित गर्नेछ
दक्षिण दिशा र हरियो रंङ बाट टाढा रहनुहोस
७ को अंकले पारिवारिक खुशी बडाउछ भने
अर्थिक कारोबारको लागि शुभअंक: ४ हो
अशुभअंक: १, ५ रहेका छ्न
कुम्भ
आज तपाईंको मानसिक स्थिति बलियो रहनेछ र कार्यमा सफलता पाउन सक्नुहुन्छ। पारिवारिक जीवनमा राम्रो समय बिताउनुहोस्। नदि किनारा तिर घुम्न जादा राम्रो हुनेछ। सन्तान सगको सम्बन्धमा भने तिक्ता आउने निश्चित छ । स्वास्थ्यमा, उच्चरक्तचाप र निच रक्तचाप ले समस्या दिनेछ। समाधानका लागि—
भगवान शिवको आराधना गर्नुहोस्।
“ॐ नमः शिवाय” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: लता कपडा तथा बिधुतिय उपकरण किन्नु शुभ छ ।
आज तपाईं हरुको लागि : नीलोरंङ र पश्चिम दिशा शुभ
पहेलो रंङ र उत्तर दिशा अशुभ हुन
अंक ज्योतिष को आधार मा , तपाईंहरु को आत्मा बिस्वास को लागि ३ अङ शुभ रहेको छ भने
अर्थिक कारोबारको लागि शुभअंक: ५ हो
४, र २ को अंक बाट टाढा रहनुहोस।
मीन
आज तपाईंको कार्यमा मिठो आत्मविश्वास र अनुकूलता हुनेछ। काममा सफलता र पारिवारिक जीवनमा मिठास थपिनेछ। जीवनसाथीसँगको सम्बन्धमा सुधारको आवश्यकता छ। स्वास्थ्यका लागि, पाचनतन्त्रमा ध्यान दिनुहोस्। समाधानका लागि—
भगवान विष्णुको आराधना गर्नुहोस्।
“ॐ नमो भगवते वासुदेवाय” मन्त्र १०८ पटक जप गर्नुहोस्।
घरका लागि: केरा र नारिवल र काठ बाट बनेका भाडावर्तन किन्नु शुभ रहने छ।
शुभरंङ: सुन्तला हो भने अशुभ रंङ हरियो हो
शुभदिशा: पश्चिम अशुभ दिशा दक्षीण रहेको छ
अंक ज्योतिष को आधारमा शुभअंक: ९ रहेको छ भने
२ को अंक बाट आर्थिक कारोवार गर्दा फाइदा पुग्ने छ।
अशुभअंक: ६ र ७ हुन् ।
आफ्नो आत्मविश्वास मजबुत राख्नुहोस्, धैर्य नछोड्नुहोस्, र जीवनका हरेक चुनौतीलाई अवसरका रूपमा लिनुहोस्। तपाइको जिवनमा ग्रहहरू मात्र शक्ति हैन्न , तपाईंको इच्छाशक्ति र तपाइको कर्म अझ ठूलो शक्ति हो।”
“हामी फेरि भोलि तपाईंसँग नयाँ राशिफल र नयाँ ऊर्जा लिएर आउँनेछौँ । तबसम्मका लागि, शुभ समय, शुभ निर्णय, धन्यवाद ! जय श्री महाकाल!”
प्रतिक्रिया