सतुङ्गलमा देशकै ठूलो मनकामना हार्डवयर सञ्चालनमा

1.3k
Shares

काठमाडौं । निर्माण सामाग्रीको एकीकृत सेवा प्रदान गर्ने उदेश्यसहित मनकामना हार्डवयर एण्ड सप्लायर्स प्रालि चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुङगलमा सञ्चालनमा आएको छ । बुधबार आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालले हार्डवयरको औपचारिक उद्घाटन् गरेका हुन् ।

नेपालकै सबैभन्दा ठूलो हार्डवयरमध्ये एक मानिने यस कम्पनीले सम्पूर्ण निर्माण सामाग्री एकै स्थानमा उपलब्ध गराउने लक्ष्य राखेको छ । यस हार्डवयरमार्फत काठमाडौं उपत्यकाका डिलर तथा उपभोक्तालाई आवश्यक सामग्री सहजरूपमा वितरण गरिनेछ ।

निर्माण व्यवसायीका लागि सुविस्ता

मनकामना हार्डवयर एण्ड सप्लायर्सले घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री जस्तै जस्ता, डण्डी, एंगल, बिम, सिमेन्ट लगायतका सामान उपलब्ध गराउनेछ । सहसंचालक रोशन पाठकका अनुसार हार्डवयर व्यवसायीहरूले कम्पनीकै मूल्यमा सामग्री खरिद गरी उपभोक्तालाई सहजरूपमा वितरण गर्न सक्नेछन् ।

विशेषगरी, निर्माण सामग्री खरिद गर्दा ठूलो लगानी आवश्यक पर्ने व्यवसायीहरूका लागि मनकामना हार्डवयरले सहज व्यवस्था गर्ने बताइएको छ । उदाहरणका लागि, फलामजन्य सामग्री खरिद गर्दा मात्र व्यवसायीले प्रति ट्रक २० देखि ४० लाख रुपैयाँसम्म लगानी गर्नुपर्ने हुन्छ । तर, मनकामना हार्डवयरले निर्माण व्यवसायीलाई आवश्यक लगानी व्यवस्थापनमा समेत सहयोग गर्नेछ ।

ठूलो लगानी, फराकिलो सेवा

सात रोपनी क्षेत्रफलमा फैलिएको यो हार्डवयर कम्पनी पाँच जना साझेदारहरूको संयुक्त लगानीमा सञ्चालनमा आएको हो । सम्पूर्ण निर्माण समाग्री व्यवसायीले कम्पनीबाटै सिधै सामग्री खरिद गर्दा २ देखि ३ करोड रुपैयाँसम्मको लगानी गरेर भण्डारण गर्नुपर्ने हुन्छ ।

व्यवसायीको उक्त लगानी मनकामना हार्डवयरले नै गरिदिने सहसंचालक पाठकको दाबी छ । उपभोक्ताले आवश्यक पर्ने सामग्री बिक्रेताले मनकामना हार्डवयरमार्फत सिधै डेलिभरी गर्न सक्नेछन्।