काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्ष यो कम्पनीले १ करोड ३ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो । यो खुद नाफा गत वर्षको तुलनामा १४.२६ प्रतिशत कम हो । यो अपरिष्कृत वित्तीय विवरण अनुसारको तथ्यांक हो ।
कम्पनीको वित्तीय खर्च ३४ लाख ७४ हजार रुपैयाँबाट घटेर १८ लाख ७० हजार रुपैयाँ कायम भएकोमा विद्युत बिक्रीबाट हुने आम्दानी २ करोड १६ लाख रुपैयाँबाट घटेर १ करोड ९९ लाख रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ रहेकोमा जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४.५२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५०.७३ रुपैयाँ छ । अहिले प्रतिकित्ता सेयर भाउ २४ सय ९९ रुपैयाँ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया