६४ जना सवार रहेको अमेरिकी विमान हेलिकप्टरसँग ठोक्कियो, क्षतिको विवरण आउन बाँकी

1.1k
Shares

काठमाडौं । अमेरिकाको वासिंगटन डीसीमा अमेरिकी विमान र हेलिकप्टर एक आपसमा जुधेको छ ।

गएर राति स्थानीय समयअनुसार ९ बजे वासिंगटन डीसीको नेशनल एयरपोर्ट नजिकैको पोटोमैक नदीमा विमान र हेलिकप्टर एक आपसमा जुधेको थियो ।

पीएसए एयरलाइन्स बाम्बार्डियर सीआरजे ७०० नाम भएको रिजनल जेट विमान त्यहाँको रीगन वासिंगटन नेशनल एयरपोर्टको रनवे ३३ मा जाने क्रममा सिकोरस्की एच ६० हेलिकप्टरसँग जुधेको थियो ।

अमेरिकन एयरलाइन्सका अनुसार उक्त विमान ६० यात्रु र ४ जना क्रु मेम्वर सवार थिए । विमान र हेलिकप्टर उडान भरेकै अवस्थामा एक आपसमा जुधिएको थियो । विमान उक्त पोटोमैक नदीमा दुर्घटना भएर खसेको छ ।

विमान र हेलिकप्टर जुधेर भएको क्षतिमा परेर के कति क्षति भएको छ, त्यो विवरण आइ नसकेको बीबीसीले जनाएको छ ।

पोटोमैक नदीमामा दुर्घटना भएको उक्त विमान र यात्रुहरुको खोजविन भइरहेको छ ।