कालिमाटी तरकारी बजार : राजा च्याउको मूल्य वर्षभर २९० रुपैयाँ, काउली भयो निक्कै सस्तो


काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा एक वर्षको अवधीमा राजा च्याउ एउटै मूल्यमा बिक्री भएको पाइएको छ ।

अन्य प्रकारको तरकारीको मूल्य सधै एक रुपैयाँदेखि ४० रुपैयाँसम्म थपघट भइरहँदा राजा च्याउको मूल्य भने पछिल्लो एक बर्षको अवधीमा न बढेको छ, नत् घटेकै छ । सधै एकनाश मूल्यमा बिक्री भइरहेको छ ।

राजा च्याउ प्रतिकिलो २९० रुपैयाँकै दरले आज पनि बिक्री भइरहेको पाइएको छ ।

कालिमाटी तरकारी थोक बजारमा शुक्रबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेडा २७.६७, रातो आलु ४५.३३, प्याज ६४, गाजर लोकल ७५, गाजर तराई ६५, बन्दा लोकल २५, बन्दा तराई १७.६७, बन्दा नरिवल १७.६७, स्थानीय काउली १७.६७, स्थानीय काउली ज्यापु २५, तराई काउली १५, सेतो मुला २५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ५५, मटरकोशा ७५, घिउ सिमी ८५, टाटे सिमी ५५ र तिते करेला १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै लौका ६५, परवर तराई ९५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी ९५, बरेला ३५, पिडालु ९५, स्कुस ४०, रायो साग १५, पालुङ्गो साग ६५, चमसुरको साग ६५, तोरीको साग ३५, मेथीको साग ६५, हरियो प्याज ५५, बकुल्ला ७५, तरुल ९५, कन्ये च्याउ ८६.६७, डल्ले च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ३५ र भेडे खुर्सानी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य

Skip This