नारायणगढ बजारमा हाते ग्रिनेट राखेको आशंकामा यातायात अबरुद्ध



शंकेतिक तस्बिर

चितवन । मुख्य बजार नारायणगढमा दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।

स्थानीय पुल्चोक र शहीदचोकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाते ग्रिनेटजस्तो देखिने वस्तु निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली सो स्थानमा पुगिसकेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिएका छन् ।

सो ग्रिनेटमा इम्प्रोमाइस डिभाइस प्रयोग गरिएको हुन सक्ने उनले बताए । सोका कारण केही समय बजार क्षेत्रमा यातायात अवरुद्ध बनेको छ । रासस


क्लिकमान्डु