विल्मर जोइन्ट भेन्चरबाट बाहिरिँदै अडानी


काठमाडौं । अडानी समूहको फ्ल्यागशिप कम्पनी अडानी इन्टरप्राइजेज लिमिटेड(एईएल) ले एफएमसीजी कम्पनी अडानी विल्मर जोइन्ट भेन्चरबाट बाहिरिने घोषणा गरेको छ ।

अडानी इन्टरप्राइजेजले अडानी विल्मर जोइन्ट भेन्चरबाट आफ्नो ४४ प्रतिशत शेयर हिस्सा बिक्री गरी बाहिरिन लागेको हो ।

अडानी इन्टरप्राइजेजले ३० दिसम्बरमा स्टाक एक्सचेन्ज फाइलिङ्ग गर्ने क्रममा अडानी इन्टरप्राइजेज न्युनतम पव्लिक शेयर होल्डिङ्ग रिक्वायरमेन्टको करिब १३ प्रतिशत शेयर अडानी विल्मरलाई बिक्री गरिनेछ ।

यसवाहेक अडानी इन्टरप्राइजेज, अडानी कमोडिटिज एलएलपी र लेन्स प्राइभेट लिमिटेडबीच पनि एउटा सम्झौता भएको छ । यो सम्झौताअनुसार लेन्स प्राइभेट लिमिटेडले अडानी कमोडिटिज एलएलपीसँग रहेको अडानी विल्मरको इक्विटी शेयर गर्नेछ ।

यो शेयर खरिद बिक्रीपश्चात् ३१.०६ प्रतिशत शेयर मात्रै बाँकी रहनेछ ।

अडानी विल्मरमा अडानी इन्टरप्राइजेजको शेयर हिस्सा बिक्री माध्यमबाट करिब २ विलियन अमेरिकी डलरको फन्ड बनाउने तयारी गरिएको छ । यो फन्ड अडानी समूहले कोर इन्फ्रामेन्ट प्लेटफर्ममा गर्ने घोषणा गरेको हो ।

अडानी विल्मरको शेयर सोमबार १.८१ प्रतिशतले गिरावटसँगै ३२३.२५ भारतीय रुपैयाँमा बन्द भएको थियो । कम्पनीको शेयर पछिल्लो १ महिनामा ५ प्रतिशतले बृद्धि भएको छ । पछिल्लो ६ महिनाको अवधीमा भने यो शेयर २.८१ प्रतिशतले र १ बर्षको अवधीमा १२ प्रतिशतले घटेको छ ।