काठमाडौं । सुकेधारामा निर्माण भएको पाँचतारे मर्क्युर होटल आगामी जनवरीदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ ।
होटेलका सञ्चालक देशवन्धु बस्नेतका अनुसार यो होटेल ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको छ । यो होटल पाँच रोपनी क्षेत्रफलमा निर्माण भएको छ ।
मर्क्युर पाँचतारे होटेलको व्यवस्थापनको जिम्मेवारी विश्व प्रसिद्ध फ्रान्सेली चेन होटल एकोर ग्रुपलाई दिइएको छ । फ्रान्सेली चेन होटलले नेपालमा पहिलो पटक यो होटेलमार्फत भित्रिएको हो ।
होटेलमा १०४ कोठासहित ११ औं तलामा स्वीमिङ पुलसमेत निर्माण भएको छ । १० औं तलामा भने फिटनेस क्लव निर्माण भएको छ ।
होटलमा साउनाका साथै एक्जुकेटिभ स्वीट, जुनियर स्वीट, इन्टर कनेक्टिङका स्याण्डर्ड सहितका कोठाहरु व्यवस्थापन गरिएको छ ।
खानका पारखीहरुका लागि होटलमा नेपाली, इण्डियन र चाइनिज रेस्टुरेन्टको समेत व्यवस्थापन गरिएको छ ।
होटल परिसरमा हरियाली निर्माणसँगै सडक पूर्वाधारसमेत बनेको छ । होटलले हाल २२० जनालाई रोजगारी दिएको छ ।
प्रतिक्रिया