टेल्जी र बिवाईडीबीच सहकार्य: दुई पाङ्ग्रे सवारीसाधनका लागि उत्कृष्ट ब्याट्री निर्माण हुने



काठमाडौं । चर्तित चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बिवाईडीले टेल्जीसँगको सहकार्यमा दुई पाङ्ग्रे इलेक्ट्रिक मोटरसाइकल, इबाइक्स र स्कुटरका लागि ब्याट्री निर्माण गर्ने भएको छ ।

बिवाईडी र टेल्जी टेक्नोलोजी ग्रुपबीच सहकार्यको सम्झौता भएको हो । यो सहकार्य गर्ने सम्झौतासँगै टेल्जी बिवाईडीसँग सहकार्य गर्ने पहिलो कम्पनी भएको छ ।

सोमबार टेल्जीको प्रडक्ट सार्वजनिक गर्ने कार्यक्रममा दुई कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको हो । टेल्जीले जारी गरेको प्रेस विज्ञप्तीमा दुई कम्पनी मिलेर दुई पाङ्ग्रे सवारीसाधनमा रहेको ब्याट्रीको चूनौती  र टेल्जीको जस्तै धेरै लाइफ भएको ब्याट्री निर्माणमा काम हुनेछ ।

दुवै कम्पनीले ब्याट्री सुरक्षामा काम गर्ने दाबी गरिएको छ । टेल्जी चीनमा दुई पाङग्रे सवारीसाधन उत्पादन गर्ने कम्पनी हो । यो कम्पनीले १५ मिलियन युनिट उत्पादन गरेको छ । ९० भन्दा बढी देशमा कम्पनीको ३० हजार स्टोरहरु रहेका छन् ।

नेपालमा योम माई मोटर्स टेल्जीका लागि आधिकारिक बिक्रेता हो । बिवाईडीको नेपालमा साइमेक्स इंकले आधिकारिक बिक्रेता हो । बिवाईडी नेपालमा चर्चित ब्राण्ड पनि हो ।


क्लिकमान्डु