उखुको समर्थन मूल्य २० रुपैयाँले बढ्यो, किसालने अब प्रतिक्विन्टल ५८५ रुपैयाँ पाउने

63
Shares

काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा तोकेको छ । यो वर्ष सरकाले गत वर्षको तुलनामा प्रति क्विन्टल २० रुपैयाँ प्रति किलोका दरले वृद्धि गरेको छ

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रति क्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५सय ८५ रुपैयाँ रकम उखु मिलबाट पाउने छन् ।

सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका थिए

मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

Skip This