सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको वयान सुरु



काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा वयान लिइएको छ । बिहीबार लामिछानेलाई पोखराबाट काठमाडौं ल्याएर शुक्रबार बिहानैदेखि उनको वयान लिज थालिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी कास्की जिल्ला प्रहरी कार्यालय लगिएको थियो । पोखरास्थित जिल्ला सहकारी वकिलको कार्यालयमा वयान लिएपछि बुटवलको सुप्रिम सहकारीको अपचलन मुद्दामा पनि अनुसन्धानका लागि उनलाई रुपन्देही जिल्ला अदालत उपस्थित गरिएको थियो ।

लामिछानेमाथि काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको पनि आरोप छ । यसका लागि उनलाई बिहीबार काठमाडौं ल्याइएको हो । काठमाडौंमा शुक्रबार उनको वयान सुरु गरिएको छ । लामिछानेलाई ३ दिनसम्म काठमाडौं राखिने प्रहरी स्रोले जनाएको छ ।

रुपन्देहीमा वयानको क्रममा उनले गोरखा मिडियामा रहँदा सहकारीलाई चेक काटेर दिएको प्रमाण प्रहरीले पेस गरेको थियो । रास्वपाले भने लामिछाने सहकारी ठगीमा संलग्न नभएको तर सरकारले षड्यन्त्रपूर्वक फसाउन खोजेको आरोप लगाउँदआएको छ ।


क्लिकमान्डु