क्रेस्ट माइक्रो लाईफको क्रेस्ट लघु जीवन बिमा योजना सार्वजनिक
काठमाडौं । क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले क्रेस्ट लघु जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको छ ।
समृद्धि अग्रिम भुक्तानी लघु जीवन बीमा योजनामा, बीमा गरेपछि नियमित ५/५ वर्षको अन्तरालमा बीमाङ्क रकमको निश्चित प्रतिशत रकम अग्रिम रुपमा फिर्ता हुँदै जाने र बिमा अवधि समाप्तीमा बाँकी बीमाङ्क रकम र सुनिश्चित थप रकम समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
नियमित अन्तरालमा प्राप्त हुने रकमले व्यक्तिको जीवनकालमा आइपर्ने पढाई खर्च, विवाह, वर्तमन जस्ता धार्मिक, सांस्कृतिक कार्य तथा व्यवसाय सञ्चालन जस्ता विविध कार्यमा आर्थिक सहायता प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, बिमा योजनामा न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको रहने कम्पनीले जनाएको छ । त्यस्तै, बीमितको प्रवेश उमेर न्यूनतम १८ वर्षदेखि अधिकतम ५० वर्षसम्म हुनुपर्ने छ । अधिकतम बिमा समाप्ति उमेर ७० वर्ष र बिमा अवधि १५-२०-२५ वर्ष रहेको कम्पनीले जनाएको छ ।
अग्रिम रकम फिर्ता, न्यून बिमाशुल्क, सर्वोत्तम बचत, भरपर्दो लगानी, आयकरमा छुट, आश्रितहरुका लागि भलाई, वृद्धावस्थाको सहारा, बालबच्चाको सुनिश्चित भविष्य यो योजनाको उद्देश्य रहेको छ । त्यस्तै, बिमा गर्दा नै भविष्यमा प्राप्त हुने रकमको सुनिश्चितता जस्ता विशेषतायुक्त यस योजनाले दुर दराजसम्म बिमा साक्षरता अभिबृद्धिमा अहम भूमिका खेल्ने कम्पनीले दाबी गरेको छ ।
बिमा शुल्क वापत न्यून रकम बुझाई बिमालेख खरिद गर्दाको समयमा नै जीवनको सुरक्षणको सुनिश्चितता हुने । बीमाङ्कको निश्चित रकम फिर्ता हुँदै गए पनि पूर्ण बीमाङ्क बराबरको जीवनको सुरक्षण कायम नै रहने छ ।
यस्तै अधिकतम् परिपक्व भुक्तानी, मृत्यु सुविधा, दुर्घटनाको कारण मृत्यु भएमा थप १०० प्रतिशत बीमाङ्क रकम, दुर्घटनाका कारण अंगभंग भएमा बीमाङ्कको १०० प्रतिशतसम्म अंगभंग सुविधा रहेको छ । दुर्घटनाको कारण अशक्तता भएमा बिमा शुल्क छुट सुविधाको सुनिश्चितता हुने देखिन्छ ।