सयपत्री हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, माग्यो अनुमति
काठमाडौं । सयपत्री हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न ७६ औं सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १:१ (एक सेयर बराबर एक सेयर) अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय भएको छ ।
कम्पनीले विद्युत नियमन आयोगसँग हकप्रद निष्कासनको अनुमति मागेको छ । नियमन आयोगले स्वीकृति दिएपछि वार्षिक साधारणसभामा पेस हुनेछ । वार्षिक साधारण सभाले स्वीकृत गरेपछि कम्पनी हकप्रद निष्कासन गर्नेछ ।
यो कम्पनीको चुक्तापुँजी ३० करोड रुपैयाँ छ । कम्पनी हकप्रद मार्फत प्राप्त हुने रकम ऋण तिर्न र दरम खोला ‘ए’ जलविद्युत् आयोजनाको मर्मतमा खर्च गरिने दाबी गरिएको छ ।