कालिमाटी तरकारी बजारमा आज : सस्तो भयो सबै प्रकारको गोलभेडा, अन्य तरकारीको मूल्य पनि घट्दैछ

679
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शुक्रबार काउलीको मूल्य ८५ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सानो लोकल गोलभेडा ४० मा बिक्री भएको छ । बिहिबार प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको यो गोलभेडा शुक्रबार प्रतिकिलो २० रुपैयाँ घटेर कारोबार गरेको छ ।

यस्तै टनेलको गोलभेडा ६५, रातो आलु ८३, सेतो आलु ६२.६७, प्याज १२२.६७, गाजर १२५, बन्दा ५५, स्थानीय काउली ६५, सेतो मुला १५, लाम्चो भान्टा ३२.६७, डल्लो भान्टा ६५, तने बोडी १४५, मटरकोशा ९० र घिउ सिमी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै टाटे सिमी ७५, तिते करेला ९५, लौंका ३५, परवर ५५, चिचिण्डो ३५, घिरौला ५५, पाकेको फर्सी ३५, हरियो फर्सी लाम्चो ४१.६७, हरियो फर्सी डल्लो ४५, भिण्डी ८५, बरेला ३५, पिडालु ७५, स्कुस २४.३३, रायो साग ३५, पालुङ्गो साग ५५, मेथि साग १४५, चमसुर साग १४५, तोरीको साग ७५, वकुल्ला १०५, कन्ये च्याउ २०७.५०, डल्ले च्याउ २५७..५०, राजा च्याउ २९०, ब्रोकाउली १३० र भेडे खुर्सानी १३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा शुक्रबारको तरकारीको थोक मूल्य

Skip This