कालिमाटी तरकारी बजारमा आज : स्कुस प्रतिकिलो १७.६७, सागहरुको मूल्य फेरी बढ्यो, अन्य तरकारीको मूल्य कति ?



काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार स्कुस थोकमा प्रतिकिलो १७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । बजारमा सबैभन्दा सस्तो मूल्यमा अहिले स्कुस नै बिक्री भएको छ ।

शनिबारको तुलनामा आइतबार ताजा सागहरुको मूल्य महँगिएको छ । शनिबार प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको रायो साग आइतबार १५८.७५ रुपैयाँमा बिक्री भएको छ । यस्तै शनिबार १७६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको पालुङ्गो साग आइतबार २२६.६७ रुपैयाँमा बिक्री भएको छ । त्यस्तै गरी शनिबार प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भएको तोरीको साग आइतबार ८५ रुपैयाँमा बिक्री भएको छ ।

शनिबार नै प्रतिकिलो १७६.६७ रुपैयाँमा बिक्री भएको चमसुरको साग आइतबार २२६.६७ रुपैयाँमा बिक्री भएको छ । मेथिको साग भने आइतबार २२६.६७ रुपैयाँमा आइतबार कारोबार गरेको छ ।

आइतबार ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । यस्तै सानो गोलभेडा ६५, टनेलको सानो गोलभेडा ८५, रातो आलु ८६.३३, सेतो आलु ६६.३३, प्याज १०४, गाजर १२५, बन्दा ५५, स्थानीय काउली १३०, सेतो मुुला ३५, लाम्चो भान्टा ४५, डल्लो भान्टा ७५, तने बोडी ११०, मटरकोशा १५०, घिउ सिमी ५५ र टाटे सिमी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी तिते करेला ७५, लौंका ४५, परवर ६५, चिचिण्डो ४५, घिरौला ७५, पाकेको फर्सी लाम्चो ३५, हरियो डल्लो फर्सी ४५, हरियो डल्लो फर्सी ५५, भिण्डी ६५, वरेला ५५, कन्ये च्याउ १५८, डल्ले च्याउ ४७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १४०, भेडे खुर्सानी १२५, अदुवा २०५ र लसुन ३४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य


क्लिकमान्डु