कालिमाटी तरकारी बजारमा आज : ठूलो गोलभेडा ९० र सानो ६५ रुपैयाँ, थोकमा अधिकाँश तरकारीको मूल्य घट्यो
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा शनिबार थोकमा सबै प्रकारको तरकारीको मूल्य घटेको छ । थोक मूल्यमा तरकारीको मूल्य निक्कै घटेपनि खुद्रामा पसलमा भने यस्ता तरकारी प्रतिकिलो न्युनतम १३० देखि १६० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
पछिल्लो समयमा निक्कै महँगिएको गोलभेडाको मूल्य पनि तुलनात्मक रुपमा घटेको हो ।
शनिबार ठूलो गोलभेडा ९० रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । यस्तै सानो गोलभेडा ६५, टनेलको सानो गोलभेडा ८९, रातो आलु ८२.६७, सेतो आलु ६६.६७, प्याज १०४, गाजर १२५, बन्दा ४५, स्थानीय काउली १०५, सेतो मुुला २७.६७, लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १२५, मटरकोशा १७०, घिउ सिमी ६५ र टाटे सिमी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी तिते करेला ५५, लौंका ४५, परवर ६५, चिचिण्डो ४५, घिरौला ५५, पाकेको फर्सी लाम्चो ३७.६७, हरियो डल्लो फर्सी ५५, हरियो डल्लो फर्सी ४५, भिण्डी ७५, वरेला ५०, स्कुस २५, रायो साग ५५, पालुङ्गो साग १७६.६७, तोरीको साग ७५, चमसुरको साग १७६.६७, कन्ये च्याउ १५२, डल्ले च्याउ ४७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १७०, भेडे खुर्सानी १४०, अदुवा २०५ र लसुन ३४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा शनिबारको तरकारीको थोक मूल्य