निफ्राको सेयरधनीको हात खाली, बोनस नदिने निर्णय
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयर लगानीकर्ताहरुलाई बोनस नदिने भएको छ ।
मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले हालका लागि सेयर धनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उदेश्यले संचित गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार खुद मुनाफा १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ छ । नियमनकारी निकायको निर्देशन बमोजिम छुटाउनुपर्ने रकमहरु पश्चात वितरणयोग्य नाफा ७६ करोड ९५ लाख ३४ हजार रुपैयाँ छ ।