चारतारे दियालो लर्ड्स प्लाजा सञ्चालन गर्ने होटल दियालोको व्यापारमा वृद्धि, कतिको गर्‍यो कारोबार ?



काठमाडौं । वीरगञ्जमा होटल लर्ड्स प्लाजा सञ्चालन गरिरहेको होटल दियालो प्रालिको व्यापारमा वृद्धि भएको छ ।

सन् २०१९ बाट व्यवसायिक रुपमा सञ्चालनमा आएको होटलको व्यापारमा वृद्धि देखिएको हो । सन् २०२० मा यसले ६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा यसको व्यापारमा गिरावट भएर ५ करोड २० लाख रुपैयाँमा सीमित भएको थियो ।

सन् २०२२ यता भने दियालोको व्यापारमा निरन्तर वृद्धि भएको छ । सन् २०२२ मा यसले ९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२३ मा १२ करोड ५० लाख र सन् २०२४ मा यसको व्यापार १३ करोड १० लाख रुपैयाँ भएको छ ।

व्यापारमा वृद्धि भइरहँदा होटल दियालो प्रालिको मार्जिनमा पनि वृद्धि भएको छ । सन् २०२२ मा ३३.१६ प्रतिशत, सन् २०२३ मा ३४.१० र सन् २०२४ मा ३९.७३ प्रतिशत मार्जिन रहेको छ ।

यस कम्पनीले सञ्चालन गरिरहेको होटल दियालो लर्ड्स प्लाजा वीरगञ्जको आदर्शनगरमा २.०५ एकड जमिनमा फैलिएको छ, जसमा ६० कोठाका साथै सम्मेलन हल, स्पा, क्यासिनोलगायत छन् । चारतारे यो होटल भारतीय चेन होटलको ब्रान्ड नाम लर्ड्सको १० वर्षका लागि फ्रेन्चाइज लिएर सञ्चालन गरिइरहेको छ ।

कम्पनीको बोर्डको अध्यक्षता सुनिल कुमार रुंगटाले गरेका छन् भने निर्देशकमा विशाल पटवारी रहेका छन् ।

कम्पनीले हाल ७० करोड कर्जा सुविधाको रेटिङ गराएको छ । जसमा केयर रेटिङ प्रालिले होटल दियालो प्रालिलाई ६४ करोड ५३ लाख रुपैयाँको दीर्घकालीन कर्जा सुविधाका लागि बी प्लस र ५ करोड ४७ लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फवर रेटिङ दिएको छ ।


क्लिकमान्डु