विकास बैंकको नाफा २९.०६ प्रतिशतले बढ्योः मुक्तिनाथले धेरै कमायो, महालक्ष्मीको घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा राष्ट्रिय स्तरका विकास बैंकले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएका छन् ।

चालु आवको तीन महिनामा गत आवको सोही अवधिको तुलनामा ८ वटा विकास.बैंकको नाफा २९.०६ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १० करोड ७५ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

राष्ट्रिय स्तरका ८ विकास बैंकमा सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले चालु आवको तीन महिनामा २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउने पहिलो यही बैंक हो । बैंकको नाफा २३.१६ प्रतिशतले बढेको छ ।

यस्तै धेरे नाफा कमाउने दोस्रो विकास बैंकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । बैंकको नाफा गत आवको तुलनामा २४.८९ प्रतिशतले बढेर २३ करोड ९३ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

यस्तै गरिमा विकास बैंकको नाफा १२ प्रतिशतले बढेर २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ । लुम्बिनी विकास बैंकको नाफा १६.५६ प्रतिशतले बढेर २० करोड १९ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढेर १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ पुगेको छ । ज्योति विकास बैंकको नाफा १९७.६० प्रतिशतले बढेर १५ करोड ११ लाख ९० हजार, महालक्ष्मी विकास बैंकको नाफा १.१४ प्रतिशतले घटेर ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशतले बढेर ६ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा महालक्ष्मी विकास बैंकको मात्रै नाफा घटेको छ । अन्य बैंकको भने बढेको छ ।


क्लिकमान्डु