सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै, आज कतिमा भइरहेको छ किनबेच ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ ।

मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै महँगो हो । यसअघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार १०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर २ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


क्लिकमान्डु