३ महिनामा बैंकको नाफा २१.६३ प्रतिशतले बढ्यो, ७ बैंकको घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकले १६ अर्ब २३ करोड १९ लाख १ हजार रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा औषतमा २१.६३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंंकको नाफा १३ अर्ब ३४ करोड ४८ लाख ४० हजार रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म धेरै नाफा कमाउने पहिलो स्थानमा नबिल बैंक रहेको छ । बैंकको नाफा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो ।

धेरै नाफा कमाउने दोस्रो बैकमा ग्लोबल आइएमई रहेको छ । बैंकले तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो । नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड ४० लाख ७५ हजार, प्राइम बैंकले १ अर्ब २८ करोड ६७ लाख ८७ करोड, एनएमबि बैंकले १ अर्ब १४ करोड ५६ लाख ३ हजार, एभरेष्ट बैंकले १ अर्ब १२ करोड ७७ लाख ४ हजार, कुमारी बैंकले १ अर्ब ७ करोड ८१ लाख ७७ हजार र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख ५७ हजार नाफा आर्जन गरेका छन् ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख १ हजार, नेपाल एसबिआई बैंकले ८१ करोड ४६ लाख ५१ हजार, हिमालयन बैंकले ७२ करोड ६४ लाख ३२ हजार, नेपाल बैंकले ६० करोड २१ लख ९८ हजार, लक्ष्मी सनराइज बैंकले ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख ६३ हजार, सानिमा बैंकले ३९ करोड ९५ लाख ३० हजार, सिद्धार्थ बैंकले ३८ करोड २० लाख ८४ हजार, सिटिजन्स बैंकले २४ करोड ६ लाख ९९ हजार, कृषि विकास बैंकले १९ करोड ९ लाख २३ हजार, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड १३ लाख २ हजार, एनआईसी एशिया बैंकले ११ करोड ५ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

असार मसान्तसम्म एनआईसी एशिया, राष्ट्रिय वाणिज्य, सिटिजन्स, सानिमा, माछापुच्छ्रे, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घटेको छ ।


क्लिकमान्डु