पञ्चकन्या स्टीलले पायो ग्रिनप्रो प्रमाणपत्र



काठमाडौं । पञ्चकन्या ग्रुपको सिष्टर कन्सर्न उद्योग पञ्चकन्या स्टीलले उत्पादन टिएमटि रिब्डबारले सन् २०२४ को लागि सिआईआई ग्रिन प्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बनेको छ । असोज ३० भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाणपत्र ग्रहण गरे ।

पञ्चकन्या स्टीलको टिएमटि रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि समेत हो ।

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री (सिआइआइ)– सोराब्जी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।

दिगो विकास र वातावरण प्रति मुख्य ध्यान दिदै भारत र न्यूजिल्याण्डबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । न्यूनतम कार्वन उत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो । हालसम्म विश्वका ४८० उद्योगहरुका ९ हजार ५०० थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन् ।

सिंगापुर, जर्मन, भारतका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यव्रmममा वातावरण तथा हरित क्रान्तिमा आएको सकारात्मक प्रभाव देखिएकोमा सहभागी महानुभावहरुले गर्व र सन्तोषको महसुस गरेका थिए ।


क्लिकमान्डु