सुनको मूल्यमा आज पनि रेकर्ड, किन बढिरहेको छ भाउ ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । शुक्रबारको तुलनामा आजको मूल्य ६ सय रुपैयाँ बढी हो ।

मध्यपूर्व र रुस युक्रेन युद्ध, अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बढोत्तरी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुनको मूल्य बढ्नुमा नेपालको कारण नहुने व्यवसायी बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २७२१ अमेरिकी डलर छ ।


क्लिकमान्डु