आरएसडिसी लघुवित्तको लाभांश घोषणा



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमा बोनस ९.५० प्रतिशत र कर सहित ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु