यी हुन् कामना सेवा विकास बैंकका ठूला २४ सेयरधनी



काठमाडौं । कामना सेवा विकास बैंकको ठूला सेयरधनीमा २४ व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व तुलसा पाण्डेको २.४३ प्रतिशत रहेको छ । सिता आचार्यको १.७६ प्रतिशत, एन्टेग्रा सोर्स प्रालिको १.५५ प्रतिशत, श्रीराम पाण्डको १.३९ प्रतिशत, सिताराम उप्रेतीको १.३७ प्रतिशत, मदन खनालको १.०७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

राम प्रसाद पोखरेलको ०.९५ प्रतिशत, रवी बहादुर थापाको ०.९३ प्रतिशत, चक्रपानी बास्तोलातको ०.८२ प्रतिशत, भिम प्रसाद तुलाचनको ०.८२ प्रतिशत, बाबुराम पन्तको ०.७९ प्रतिशत, भिमराज अधिकारीको ०.७६ प्रतिशत, प्रकाश क्षेत्रीको ०.७४ प्रतिशत, देवान सिंह थापाको ०.७३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

माया होल्ड प्रालिको ०.७२ प्रतिशत, कमलराज उदयको ०.७१ प्रतिशत, लिला गौचनको ०.७० प्रतिशत, जनार्दन देव पन्तको ०.६९ प्रतिशत, राज कुमार अमात्यको ०.६६ प्रतिशत, भरतराज कोइरालाको ०.५९ प्रतिशत, गौमाता इन्भेष्टमेन्ट कम्पनीको ०.५६ प्रतिशत, दिपक खरेलको ०.५४ प्रतिशत, क्यालिबर इन्भेष्टमेन्ट कम्पनी प्रालिको ०.५२ प्रतिशत र भक्तराम ज्ञवालीको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु