सुनको मूल्य फेरि बढ्यो, कतिमा भइरहेछ कारोबार ?



काठमाडौँ । स्थानीय बजारमा आज बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार ८ सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ६२ हजार ४ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला १ हजार ९ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ ।


क्लिकमान्डु