सेयर धितोमा करिब पौने १ खर्ब कर्जा प्रवाह, १०.७ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितोकर्जा ९९ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ प्रवाह भएको छ ।

दुई महिनाको अवधिमा सेयर धितोमा जाने कर्जा १०.७ प्रतिशतले बढेको छ । असार महिनामा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा जाने कर्जा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ प्रवाह गरेका थिए ।

भदौ मसान्तसम्म १ करोडभन्दा बढीको सेयर धितो कर्जा असारको तुलनामा १७.९ प्रतिशतले बढेर ६५ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो कर्जा ५५ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अुनसार ५० लाख देखि १ करोडसम्म जाने कर्जा ३.२ प्रतिशतले बढेर १२ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तै कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

केन्द्रीय बैंकका अनुसार २५ लाखदेखि ५० लाखसम्म जाने सेयर धितोकर्जा भने ३ प्रतिशतले घटेर १३ अर्ब ९८ करोड ९० लाख रुपैयाँमा सिमित भएको छ । असार मसान्तमा यस्तो कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुगेको थियो ।

यस्तै २५ लाख रुपैयाँसम्म जाने धितोकर्जा ३.९ प्रतिशतले घटेर ७ अर्ब २ करोड ५४ लाख रुपैयाँ मात्रै रहेको छ । असार मसान्तसमा यस्तो कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ रहेको थियो ।

राष्ट बैंकले सेयर धितोमा लगाएको कर्जाको सिमा हटाइसकेको छ । भदौमा १ करोड भन्दा बढी र ५० लाख देखि १ करोडसम्मको कर्जा बढ्दा २५ देखि ५० लाख र २५ लाख भन्दा कम सेयर धितोमा जाने कर्जा घटेको छ ।


क्लिकमान्डु