सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेछ कारोबार ?



काठमाडौं । सुनको मूल्य पछिल्लो समय तीब्र रुपमा बढिरहेको छ । हरेक दिन सुनको मूल्य वृद्धिमा रेकर्ड बनिरहेको छ । बुधबार पनि सुनको मूल्य अहिलेसम्मकै उच्च भएर नयाँ रेकर्ड बनेको छ ।

बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । बुधबार एकै दिन प्रतितोला १ हजार ३ सयले मूल्य बढेको हो ।

अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन अब तोलाको १ लाख ६१ हजार ८ सय पुगेको हो । यसैगरी चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ ।

प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार १ हजार ९ सय ५० पुगेको छ । यसअघि असोज २० गते चाँदीको मूल्य तोलाको १ हजार ९ सय ८५ रुपैयाँसम्म पुगेको थियो ।


क्लिकमान्डु