अधिकांश बैंकले घटाए ब्याजदरः ९ वटाको स्थिर हुँदा एउटाले बढायो



काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटाएका छन् ।

सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा १० वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटाले स्थिर रहेका छन् । कात्तिक महिनाका लागि सानिमा बैंकले मात्रै मुद्दति निक्षेपमा दिने ब्याजदर बढाएको छ ।

बैंकहरुको औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपमा कात्तिकमा ६.१८ प्रतिशत रहेको छ । यस्तो ब्याज असोजमा औसतमा ६.३८ प्रतिशत रहेको थियो । औषतमा असोजको तुलनामा कात्तिकमा बैंकहरुको ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटेको छ ।

कात्तिकका लागि सानिमा बैंकले ६.१५ प्रतिशत ब्याज दिने जनाएको छ । असोजमा ५.९ प्रतिशत रहेको थियो । एक महिनामा बैंकले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ ।

ब्याजदर घटाउने बैंकमा सिटिजन्स, लक्ष्मी सनराइज, प्राइम, नबिल, स्टयान्डर्ड चार्टर्ड, एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

पछिल्लो केही समययता बैंकहरुले लगातार बैंकको ब्याजदर घटाइरहेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा कर्जा प्रवाह हुन सकेको छैन । जसले गर्दा बैंकहरुले ब्याजदर कम रहेको छ ।

कर्जाको माग नभएपछि अहिले बैंकहरु ब्याजदर घटाउन प्रतिस्पर्धा नै गरिरहेका छन् ।


क्लिकमान्डु