बढीपहिरोले क्षति पुर्याएपछि करिब ४ अर्बको बिमा मागदाबी, साढे ७ अर्बको पर्न सक्ने अनुमान



काठमाडौं । असोज १० र ११ गते आएको बाढी पहिरोका कारण विभिन्न क्षेत्रमा क्षति पुग्दा बिमा कम्पनीहरुमा ३ अर्ब ८१ करोड ७९ लाख ९६ हजार २३८ रुपैयाँको १३७४ वटा दाबी परेको छ । बाढी पहिरोका कारण ७ अर्ब ४० करोड ७१ लाख ३५ हजार ६७५ रुपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान रहेको बिमा प्राधिकरणले जनाएको छ ।

१८ वटा कम्पनीमा २ हजार ५७६ वटा दाबी पर्ने सम्भावना रहेको प्राधिकरणको अनुमान छ ।
प्राधिकरणका अनुसार अहिलेसम्म दाबी परेको मध्ये ७८ लाख ६५ हजार ३५७ रुपैैयाँ भुक्तानी भइसकेको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रहेको छ भने सबैभन्दा कम प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको पर्न सक्ने देखिएको छ ।

सिद्धार्थले ४५० वटा माग दाबीको १ अर्ब ९३ करोड ७८ लाख ३२ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ वटा माग दाबीबाट ३ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिउको छ । दाबी भने २ लाख ६० हजारका लागि परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दि ओरियन्टल यन्स्योरेन्समा १६२ वटा १ अर्ब ४५ करोड ४० लाख ५८ हजार ९०१ रुपैयाँ दाबी परेको छ । भुक्तानी भने भएको छैन । नेको इन्स्योरेन्सको २५८ वटाको ९६ करोड ४३ लाख १८ हजार ७०४ रुपैयाँको दाबी परेको छ । भुक्तानी भने भएको छैन ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा २१२ वटा मागदाबीको ९६ करोड ६८ लाख ४ हजार, सगरमाथा लूम्बिनी इन्स्योरेन्समा ३३९ वटा माग दाबीको ६५ करोड ४८ लाख ६४ हजार ९४१ रुपैयाँ, नेशनल इन्स्योरेन्समा ५० वटा माग दाबीको ३८ करोड १७ लाख ५० हजार, नेपाल इन्स्योरेन्समा १५८ वटा मागदाबीको ३३ करोड ८१ लाख ६ हजार ३२२ रुपैयाँको दाबी परेको छ ।

प्राधिकरणका अनुसार आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २४८ वटा मागबाट २० करोड ६४ लाख ४० हजारको मागदाबी पर्ने अनुमान रहेको छ । जसमा २५ वटा को १ करोड ३७ लाख २० हजार रुपैयाँको दाबी परेकामा १ वटा माग दाबीको ३८ हजार ८७८ रुपैयाँ भुक्तानी भएको छ । यस्तै शिखर इन्स्योरेन्समा ३९३ दाबीबाट ९३ करोड ७ लाख ६६ हजार १६४ रुपैयाँका दाबी परेकोमा ६९ वटाको ७८ लाख २६ हजार ४७९ रुपैयाँको भुक्तानी भएको छ ।

माग दाबी परेकामा २ वटा कम्पनीले मात्रै केही रकम भुक्तानी गरेका छन् ।

एनएलजी इन्स्योरेन्समा १३६ वटाको १९ करोड ८ लाख ६४ हजार ५६९ रुपैयाँको माग दाबी परेको छ । सानिमा जिआईसीमा १७५ वटाबाट १७ करोड १५ लाख २७ हजार ३३८ रुपैयाँको माग दाबी पर्ने, युनाइटेड अजोडमा २६० वटाबाट १० करोड २५ लाख ३० हजार रुपैयाँको माग दाबी परिसकेको छ भने प्रभु इन्स्योरेन्समा १०६ वटाबाट ४ करोड ९० लाख ७२ हजार ९०० रुपैयाँको माग दाबी परिसकेको छ ।

राष्ट्रिय बिमा कम्पनीमा १६ वटाको १० करोड ७२ लाख रुपैयाँको माग दाबी परेको छ भने स्टार माइक्रो इन्स्योरेन्सको ९ वटा माग दाबीको ६६ लाख ६६ हजार, ट्रस्ट माइक्रो इन्स्योरेन्सको ४ वटा माग दाबीको १५ लाख २० हजार, नेपाल माइक्रो इन्स्योरेन्सको ४ वटाको ४ लाख ५० हजार रुपैयाँको माग दाबी पर्ने अनुमान रहेको छ ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा १८५ वटा, मधेश प्रदेशमा ७१, बागमती प्रदेशमा २२६५, गण्डकीमा २४, लुम्बिनीमा २९, कर्णालीमा १ र सुदुरपश्चिम प्रदेशमा १ वटासहित २ हजार ५७६ वटाको मागदाबी पर्ने प्राधिकरणले जनाएको छ । देशभर आएको अविरल वर्षाका कारण परेको दाबी भुक्तानीलाई यथाशक्य चाँडो दिन बिमा प्राधिकरणले निर्देशन दिइसकेको छ ।


क्लिकमान्डु