कर्जाको विस्तारदर गत आवको भन्दा दोब्बर



काठमाडौं । बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा वृद्धिदर गत आर्थिक वर्षको भन्दा दोब्बर दरमा भइरहेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा कर्जाको वृद्धिदर १.४ प्रतिशत रहेको छ जबकि गत आवको यही अवधिमा कर्जा वृद्धिदर ०.७ प्रतिशतमात्र रहेको थियो ।

२ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७३ अर्ब ३९ करोड (१.४ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहलाई सघाउ पुग्ने गरी मौद्रिक नीति र नियामकीय व्यवस्था गर्दा बैंकिङ प्रणालीबाट कर्जा विस्तार हुन टेवा पुगेको हो ।


क्लिकमान्डु