पत्नीको हत्या आरोपमा पुरुष पक्राउ



काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकास्थित आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । ३७ वर्षीया मुना चौहानको हत्या आरोपमा उनका श्रीमान वीरबहादुर चौहान पक्राउ परेका हुन् ।

घरायसी विषयमा सामान्य विवाद हुँदा उनले श्रीमतिको हत्या गरेको खुलासा भएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ । अर्जुनधारा नगरपालिका-३ को दार्जिलिङ डाँडामा सोमबार अपराह्न ४ बजे ती व्यक्तिले श्रीमतिको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

फलामले प्रहार गरेको र चौहानको घटनास्थलमै मृत्यु भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । वीरबहादुर भने घटनापछि भागेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार वीरबहादुरलाई हतियारसहित नियन्त्रणमा लिइएको हो ।


क्लिकमान्डु